Welcome

Website counter
website hit counter
website hit counters

Twitter

Follow palashbiswaskl on Twitter

Friday, February 22, 2013

गोर्खाल्याण्ड राज्य गठनको मांगको समर्थनमा गोजमुमो मङपु जोनको तत्वधानमा मंगलबार साँझ मोर्चा समर्थकहरुले यस क्षेत्रमा हातमा पुल्ठो बोकेर राके जुलूस निकाले

मङपु ( केशर मोक्तान): मोर्चा  केन्द्रीय कमिटिको निर्देश  अनुसार गोर्खाल्याण्ड राज्य गठनको मांगको समर्थनमा गोजमुमो मङपु जोनको तत्वधानमा मंगलबार साँझ मोर्चा समर्थकहरुले यस क्षेत्रमा हातमा पुल्ठो बोकेर राके जुलूस निकाले | उक्त रयाली मङपु बस स्टेन्ड देखि शुरु भएर रेशेप बजार सम्म परिक्रमा गरे | रयालीमा जी.टी.ए. बन विभागका कार्यकारिणी सभासद रतन थापा,मोर्चा मङपु जोन सभापति प्रदीप छेत्री,सचिव रतन लामा,नारी मोर्चा सचिवा सूर्यमणि राई, दा.ता.डु.प्लान.ले.यु सिन्कोना जोन सचिव गगन राई लगायत मोर्चा भातृसंगठन जी.पी.टी.ओं, जे.एस.टी.ओं., कर्मचारी संगठनका  कार्यकर्ताको व्यापक उपस्थित रहेको थियो | गोर्खाल्याण्ड राज्यको मांगमा आन्दोलनकै एउटा अंशको रुपमा यो राके जुलूस आयोजन गरिएको छ भने उक्त राके जुलूस नालीडाड़ामा आईपुगेर पथ सभामा परिणत भयो | पथ सभालाई सम्बोधन गर्दै मोर्चा मङपु जोन सचिव रतन लामाले गोजमुमो केन्द्रीय समितिको निर्देश अनुसार मङपु जोनले पनि धारावाहिक रुपमा गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आन्दोलन गरिरहने बताए | उनले गोर्खाल्याण्ड राज्य गठनको निम्ति मोर्चाको आफ्नै आन्दोलन क्रमिकरुपले चलिरहेको कारण २० अनि २१ ता हुने भारत बन्दमा सिन्कोना बगान पूर्ण रुपले खुल्ला रहने बताए | यसरी सचिव लामाले आजको पुल्ठे जुलूसमा अंशग्रहण गर्ने  पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई आभार व्यक्त गर्दै  आगामी दिनमा पनि अझै  व्यापक रुपमा उपस्थिति दिएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको निम्ति सबैले साथ दिने अपील गरे 

No comments:

Related Posts Plugin for WordPress, Blogger...