Welcome

Website counter
website hit counter
website hit counters

Twitter

Follow palashbiswaskl on Twitter

Sunday, July 28, 2013

DOES NEPAL POLICE BRUTALLY TORTURE ADIVASI JANAJATIS ?




प्रहरीले थुनुवा मध्ये जनजातिलाई बढी यातना दिन्छः अध्ययन

प्रतिवेदनमा भनिएको , "जातीय रुपमा पिछडिएकामाथि यातना तथा अमानवीय व्यवहार बढी हुने गरेको तथ्य एड्भोकेसी फोरमको एक दशकभन्दा लामो हिरासत अनुगमनको अनुभवले देखाउँछ "

--
The Himalayan Voice
Skype: thehimalayanvoice
[THE HIMALAYAN VOICE does not endorse the opinions of the author or any opinions expressed on its pages. Articles and comments can be emailed to: himalayanvoice@gmail.com, © Copyright The Himalayan Voice 2013]

प्रहरीले थुनुवा मध्ये जनजातिलाई बढी यातना दिन्छः अध्ययन

नेपाल प्रहरीले जातिगत आधारमा आदिवासी जनजातिलाई सबै भन्दा बढी यातना दिने गरेको खुलासा भएको छ । मानवअधिकार क्षेत्रमा कार्यरत एड्भोकेसी फोरम नेपालको अध्ययनले जनजातिमाथि बढी क्रुर र अमानवीय यातना दिने गरेको तथ्य सार्वजनिक गरेको हो ।

एड्भोकेसी फोरमले हालै काठमाडौंमा सार्वजनिक गरेको 'नेपाल यातना रोकथाम तथा अनुसन्धान गर्न सरोकार असक्षम वा अनिच्छुक ?' शीर्षकको प्रतिवेदन अनुसार थुनुवा मध्ये ४५ प्रतिशत आदिवासी जनजातिमाथि अमानवीय यातना र क्रुर व्यवहार गरिन्छ । त्यसमध्ये नेवार ३ प्रतिशत र तराई मधेशका आदिवासी जनजाति १६ प्रतिशत छन् । २० जिल्लाका ५७ हिरासतमा रहेका ३७७३ थुनुवामाथि गरिएको अध्ययनमा जनजातिहरू प्रति राज्य बढी आक्रमक देखिएको हो ।

इटहरी बसपार्क नजिकबाट नियन्त्रणमा लिएर प्रहरीले मरणासन्न हुने गरी कुटिएकी महिला ।

इटहरी बसपार्क नजिकबाट नियन्त्रणमा लिएर प्रहरीले मरणासन्न हुने गरी कुटिएकी महिला ।

प्रतिवेदनमा भनिएको छ, "जातीय रुपमा पिछडिएकामाथि यातना तथा अमानवीय व्यवहार बढी हुने गरेको तथ्य एड्भोकेसी फोरमको एक दशकभन्दा लामो हिरासत अनुगमनको अनुभवले देखाउँछ ।"

प्रतिवेदन अनुसार हिरासतमा यातना पाउनेमा बाहुन ८ प्रतिशत छन् । यस्तै क्षेत्री २३ प्रतिशत, दलित १३ प्रतिशत र मुस्लिम ३ प्रतिशत छन् । यातना पाउने थुनुवा मध्ये ८ प्रतिशत बाँकी जातिका छन् ।

प्रहरी हिरासतमा रहेका मध्ये २२.३ प्रतिशतलाई यातना दिइएको फोरमकी अध्यक्ष मन्दिरा शर्मा बताउँछिन् । उमेर समूहको हिसाबमा बालबालिकाले सबैभन्दा बढी अर्थात ३४.७ प्रतिशतलाई यातना दिएको देखिन्छ । २० जिल्ला मध्ये कास्की र पोखरामा बढी यातना दिइएको छ ।

 



No comments:

Related Posts Plugin for WordPress, Blogger...